Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

तिहार पर्व सुरु, आज धनतेरस

काठमाडौं,२०कात्तिक:नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आज(शुक्रबार)देखि सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा छ ।

त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि (शनिबार) परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ । कात्तिक २५ गते भने भाइटीका परेको छ ।

चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी तिथी लाग्ने भएकाले धनतेरस मनाउन लागिएको पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । उनका अनुसार आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि भोलि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहन्छ ।

मधेसमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन पनि छ । यसैदिन धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन पनि छ ।

Related posts

वडाध्यहरुसंग मेयर सिंहकाे आग्रह: भाेटकाे राजनीति भन्दा माथि उठेर वीरगन्जको विकासमा लाग्नुस्

MadhesKhabar

पर्सा–बारा ओैद्योगिक क्षेत्रमा विद्युत आपूर्ति नियमित गर्न उद्योगीहरुको माग

MadhesKhabar

मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

MadhesKhabar

Leave a Comment