Madhes Khabar
स्थानिय

सिमरामा युवककाे चक्कुले घाँटी रेटेर हत्या गर्ने राई धानखेतबाट पक्राउ

बारा,३असाेज:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित सम्झना स्टाफ होटेलमा शनिबार साँझ चक्कु प्रहार गरी ३८ वर्षीय शेरबहादुर खड्काको घाँटी रेटेर हत्या गरेको घटनामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिाराकै अन्दाजी २२ वर्षीय आयुष राई रहेका छन्। घटनालगत्तै फरार भएका राईलाई प्रहरीको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित धान खेतबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

आपसी झगडाका क्रममा होटेलको भान्सामा चक्कु प्रयोग गरी खड्काको घाँटीमा गम्भीर प्रहार गगरिएको थियो। चक्कु प्रहारबाट सख्त घाइते भएका खड्कालाई सुरुमा सिमरा नगर अस्पताल लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा ल्याइएको थियो।

तर, उपचारकै क्रममा शनिबार साँझ ६:४० बजे उनको मृत्यु भएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related posts

हिउँदमा वीरगन्जमा लाेडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ : कुलमान घिसिङ

MadhesKhabar

भारतबाट किनमेल गरेर ल्याउँदा भन्सारमा कडाई गरिएको विरोधमा वीरगन्ज नाकामा धर्ना

MadhesKhabar

५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या

MadhesKhabar

Leave a Comment