Madhes Khabar
वाग्मती प्रदेश

ट्यांकर र मोटरसाइकल ठोक्किँदा दाजुभाइको मृत्यु

चितवन,२असाेज:चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा तेल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बेलुकी करिब ७ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगरमा भण्डाराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.१ ख ६६०१ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१० निवासी करिब ३२/३३ वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार त्यही स्थानका करिब २८/२९ वर्षीय नसिब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । उपचारका क्रममा शक्ति चौधरीलाई बेलुकी ८ः४० बजे र नसिब चौधरीलाई ८ः४८ बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ। उनिहरु दाजुभाई रहेको बताइएको छ ।

दुर्घटनापछि तेल ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ।

Related posts

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड

MadhesKhabar

श्रीमानले अमानवीय यातना दिएका गीताको मृत्यु

MadhesKhabar

हेटौंडाको पहिलो महिला मेयर – मीना लामा

MadhesKhabar

Leave a Comment