काठमाडौं,१ असोजः गत आर्थिक वर्ष २०८२/०८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा धेरै उजुरी दर्ता भएको छ।गत आर्थिक वर्ष २०८२/०८३ मा अख्तियारमा मधेस प्रदेशसम्बद्ध १ हजार ४७५ वटा उजुरी दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
उनका अनुसार सात वटै प्रदेशबाट भ्रष्टाचारका ५ हजार ३०५ वटा उजुरी परेका छन् । तीमध्ये सबैभन्दा धेरै उजुरी मधेस प्रदेशसँग सम्बन्धित रहेको भेटिएको हो।
अख्तियारमा सबैभन्दा थोरै उजुरी गण्डकी प्रदेशबाट दर्ता भएका छन् । गण्डकी प्रदेशबाट ४०७ वटा उजुरी दर्ता भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै उजुरी परेका छन् । मधेसमा चाहिँ भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी बढी रहेका छन्।

