बारा,२६भदाैं:बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगन्ज सडकखण्डमा टाटा सुमाेको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
बुधबार राति करिब सवा ९ बजेतिर वीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमाेले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल ल्यइएकोमा राति साढे १० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मृतकको परिचय खुल्न सकेकाे छैन।शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने सुमाे र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

