काठमाडौं,२१भदाैं:मधेसी समुदायलाई अपमानित हुने गरि अभिव्यक्ति लेखी सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङकाे बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
उनले काठमाडौंका सार्वजनिक स्थलहरुमा मधेसी समुदाय लक्षित भड्काउ अभिव्यक्ति लेखेका थिए।

