Madhes Khabar
स्थानिय

बारा र राैतहटका सीडीओकाे सरुवा

बारा,१९भदाैं:गृह मन्त्रालयले बारा र राैतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ । मन्त्रालयको भदौ १८ गतेको निर्णय अनुसार बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको जिल्ला प्रशासन कार्यालय गोरखामा सरुवा भएको छ ।

गत कात्तिकमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट बारा आएका मिश्रको स्थानमा अब जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी आउने भएका छन् । नयाँ सिडिओका रूपमा आउन लागेका अधिकारी गत चैत अन्तिम साता जाजरकोट खटिएका थिए ।

यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । भुषालको सरुवासँगै रौतहटको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट लक्ष्मीप्रसाद पौडेल आउने भएका छन् ।

Related posts

बारा:१८ घण्टामै समातिए पानी उद्योगका म्यानेजर सिंहको हत्यामा संलग्न अभियुक्त

MadhesKhabar

गरिमाका परिवार र सरकारबीच ३ बुँदे सहमति भएपछि खुल्याे वीरगन्ज-पथलैया सडक

MadhesKhabar

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

Leave a Comment