Madhes Khabar
धर्म/संस्कृति

श्रीकृष्ण जन्माष्टमीको अवसरमा गहवा माई रथयात्रा समितिद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

वीरगन्ज,१८ भदौ : वीरगन्जको गहवामाई तीर्थ क्षेत्र विकास समिति(गहवामाई रथयात्रा समिति) ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति विभिन्न विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

समितिले शुक्रबार परेको श्रीकृष्ण जन्माष्टमीको पर्व अवसरमा बिहीबार वीरगन्जका १५ वटा विद्यालयमा पुगेर राधा तथा कृष्णको रूप धारण गरेका बालबालिकालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको हो। धार्मिक तथा सांस्कृतिक पर्वलाई बालबालिकामाझ सिर्जनात्मक र उत्साहपूर्ण रूपमा मनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका सचिव पप्पु गुप्ताले जानकारी दिए।

गुप्ताका अनुसार विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै उनीहरूको सहभागितालाई प्रोत्साहित गरिएको थियो। यस कार्यक्रमले बालबालिकामा धार्मिक तथा सांस्कृतिक परम्पराप्रति रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ।

समितिका उपाध्यक्ष देवानन्द कलवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका सचिव पप्पु गुप्ता, कोषाध्यक्ष रवि अग्रवाल, विजय सर्राफ, सदस्य श्याम गुप्ता, प्रभु साह, मुन्ना साह, दिपु गुप्ता र मुना सर्राफलगायतको सहभागिता रहेको थियो।

Related posts

वीरगन्जमा श्रीराम उत्सवमा निकालियाे भब्य शाेभा यात्रा,`हिन्दु राष्ट्र कायम गर´ काे लाग्याे नारा

MadhesKhabar

विजया दशमीका दिन वीरगन्जमा हजाराैकाे सहभागितामा ‘रावण दहन’

MadhesKhabar

तराई–मधेसमा महिला मनाउने जिउतिया पर्व आजदेखि सुरु

MadhesKhabar

Leave a Comment