Madhes Khabar
वाग्मती प्रदेश

१६ सय ५० विद्यार्थी पढ्ने त्रिशुली माविका प्रध्यानाध्यापक भन्छन्ः अहिले मसगँ १ सय विद्यार्थी मात्रै छन्

काठमाडौँ,१०भदाैं:नुवाकाेटकाे त्रिशुली बजारमा रहेको त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयका प्राध्यानाध्यपक राजेन्द्र दवाडीले आफूसँग एक सय जना मात्रै विद्यार्थी रहेको बताएका छन्।

बुधबार बिहान त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको सदरमुकाम विदुरस्थित त्रिभुवन त्रिशुली माध्यामिक विद्यालय बगरमा परिणत गरेको छ।

प्राध्यानाध्यपक दवाडीले विद्यालयमा हाल एक हजार ६ सय ५० जना विद्यार्थी अध्ययनरत रहेकोमा आफूसँग जम्मा एक सयजना मात्रै सम्पर्कमा रहेको जानकारी दिए। विद्यालयमा १२ कक्षासम्मको पढाइ हुँदै आएको छ।

उनले भने, ‘सूचना पाएपछि मैंले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित ठाउँमा लगेँ। विद्यालयबाट म र एकजना कर्मचारी अन्तिममा निस्किएका हौँ। मसँग अहिले सय जना मात्रै विद्यार्थी छन्। उनीहरुलाई सुरक्षित ठाउँमा लैजाँदैछु। अरुको बारेमा थाहा छैन।’

बिहानको प्रार्थानाका बेला बाढीको सूचना आएको थियो। विद्यालयभित्र देखेका विद्यार्थीलाई बाहिर निकाले पनि बाँकी धेरै विद्यालय आउँदै गरेको वा घरमै रहेको यकिन छैन। उनीहरूको अवस्थाबारे सुरक्षा निकायले पनि केही बताएको छैन।

बुधबार बिहान त्रिशुलीमा आएको भीषण बाढीले रसुवासँगै नुवाकोटको तटीय क्षेत्रलाई तहस नहस पारेको छ। बाढीले त्रिशुली बजार नै बगाएको छ।

नुवाकोटकै शैक्षिक धरोहरका रुपमा रहेको उक्त विद्यालय २००० सालमा स्थापना भएको थियो। कुनै बेला धादिङबाट समेत त्यहाँ पढ्न जाने विद्यार्थीको संस्था ठूलो थियो।साभार:देशसञ्चार

Related posts

एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

MadhesKhabar

कार्यालयमै तास खेल्दै महानगरका नगर प्रहरी

MadhesKhabar

काठमाडौंमा श्रीमतीसंग झगडा परेपछि एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

MadhesKhabar

Leave a Comment