Madhes Khabar
खेलकुद

स्विट्जरल्यान्ड विश्वकको अन्तिम १६ मा प्रवेश, अल्जेरिया बाहिरियाे

काठमाडौं,१९असार:स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

स्विट्जरल्यान्डको जितमा ब्रिल इम्बोलो र डान एन्डोयले एक–एक गोल गरे।

खेलको १० औं मिनेटमा नै इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाए। ४६ औं मिनेटमा एन्डोयले गोल थप्दै टोलीको अग्रता दोब्बर पारे।

त्यसपछि खेलमा थप गोल हुन सकेन र स्विट्जरल्यान्ड विजयी बन्यो। स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। पराजित अल्जेरिया भने राउन्ड अफ ३२ बाटै बाहिरिएको छ।

Related posts

नेपाललाई क्यानडाले दियाे २८६ रनकाे लक्ष्य

MadhesKhabar

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

MadhesKhabar

नेपाललाई विश्वकपमा पुर्याउन सफल कप्तान पूजालाई वीरगन्जका मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

Leave a Comment