Madhes Khabar
काेशी प्रदेश

टयाक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ बाबु–छोरीको मृत्यु, आमा गम्भीर घाइते

विराटनगर, ५ असार :झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा एक जना घाइते भएका छन् ।

कनकाई नगरपालिका–५ स्थित तुलसीबारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पु¥याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।त्यही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते भएकी छिन् ।

उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।साभारः अनलाइनखबर

Related posts

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्युु

MadhesKhabar

शंकास्पद वस्तु विस्फोट हुदाँ एकै परिवारका २ जना घाइते

MadhesKhabar

अझै शान्त भएन सुनसरी,सदरमुकाम इनरुवासहितका ५ पालिकामा थप कर्फ्यू

MadhesKhabar

Leave a Comment