Madhes Khabar
समाचार

पर्सा : नहरकाे झाडीभित्र लुकाएर राखिएको ३ सय ७० केजी गाँजा बरामद

वीरगन्ज,४असार:पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलाे परिमाणमा लागू ओैषध गाँजा प्रहरीले बरामद गरेकाे छ।

विशेष सूचनाको आधारमा बुधबार राति ईलाका प्रहरी कार्यालय पाेखरिया र प्रहरी चाैकी मिर्जापुरबाट खटिएको प्रहरी टाेलीले नहरकाे झाडीभित्र लुकाएर राखिएको अवस्थामा २५ वटा पाेकामा रहेकाे ३ सय ७० केजी गाँजा बरामद गरेको हाे।

 

उक्त गाँजा कसले र कुन उदेश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

जगरनाथपुर गाउपालिकाको बजेट ४९ करोड ३२ लाख

MadhesKhabar

निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न

MadhesKhabar

चितवनमा ठूलाे परिमाणमा पटाकासहित तेली र जैसवाल पक्राउ

MadhesKhabar

Leave a Comment