Madhes Khabar
स्थानिय

छिपहरमाई गाउँपालिकाका अध्यक्ष गुप्ताले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट पाए सफाइ

वीरगन्ज,२असार:पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्तासहित पाँच जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतले मंगलबार फैसला सुनाउँदै गाउँपालिका अध्यक्ष गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टि पर्पोज प्रालि वीरगन्जका सञ्चालक कमलकुमार उपाध्यायलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

उनका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरिएको आरोप लगाउँदै गाउँपालिका अध्यक्ष, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा सम्बन्धित पक्षविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाई भुक्तानी गरेको थियो । तर अनुसन्धानका क्रममा उल्लेखित मितिमा उक्त पत्रिकामा कुनै सूचना प्रकाशित नभएको दाबी आयोगले गरेको थियो ।

यद्यपि, विशेष अदालतले प्रमाण तथा तथ्यहरूको मूल्यांकनपछि आरोपितहरूविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो ।साभार:कालिका टाइम्स

Related posts

भूमाफीयाले कब्जा गरेको अरबौं मूल्यको जग्गा वीरगन्ज महानगरको प्रयासले सरकारको नाममा कायम

MadhesKhabar

वीरगन्जमा ‘कानु यूथ समाज’ गठन,अध्यक्षमा साह

MadhesKhabar

ठेकेदार सम्पर्कबिहीन हुदाँ बाराको अर्नवा–नरही सडक दुई वर्षदेखि अलपत्र

MadhesKhabar

Leave a Comment