Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा बोक्सीको आरोप लगाएर बृद्धा महिलालाई कुटपिट गर्ने ३ जना महिला पक्राउ

एआई प्रविधिबाट सृजित तस्बिर ।

वीरगन्ज,६ जेठःवीरगन्जमा एक बृद्धा महिलालाई बोक्सीको आरोप लगाएर कुटपिटसमेत गर्ने तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चोर्नी गाउँकी ३८ वर्षीया पिंकी देवी, ४४ वर्षीया पानमती देवी र ५४ वर्षीया शान्तिदेवी धानुक रहेका छन् ।

प्रहरीका अनुसार, गत फागुन २७ गतेका दिन चोर्नीकै ७२ वर्षीया कोशिलिया अहिरिन आफ्नो गहँु बारीमा गएका बेला उनलाई गाँउकै मुनती देवीसहित चार जना महिलाहरुले एउटा काम छ भन्दै झुक्याएर आफ्नो घरको आँगनमा लगेका थिए । त्यसपछि मुनती देवीले बोक्सीको आरोप लगाउँदै मलाई भूतप्रत लगाएर किन बिरामी पारेको ? भन्दै अहिरिनलाई चप्पलले हानेर कुटपिट गरेका थिए ।
उक्त घटनापछि पीडित अहिरिनले आँफुमाथि भएको अमानवीय व्यवहार र कुटपिटको घटनामा संलग्न मुनतीदेवीसहित चार जना महिलाहरुविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीकै आधारमा प्रहरीले मंगलबार वीरगन्जको घण्टाघर क्षेत्रबाट पिंकी, पानमती र शान्तिलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न मुनती देवी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीन जना महिलाविरुद्ध बोक्सीको आरोप ( कसूर र सजाय ) ऐन,२०७२ अनुसार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Related posts

संरक्षण गृह नहुँदा बेचविखनबाट उद्धार गरीएकाको व्यवस्थापनमा समस्या

MadhesKhabar

देशभरिमै उत्कृष्ट भई सम्मानित भएका पर्साका एसपी मिश्रकाे ७ महिनापनि नबित्दै सरुवा

MadhesKhabar

पर्साको रंगपुरटाँडीमा १ करोड बढीको लागतमा आधुनिक कृषि बजार निर्माण हुदैं

MadhesKhabar

Leave a Comment