Madhes Khabar
शिक्षा हेडलाइन

कक्षा १२ को परीक्षा सोमबारदेखि

काठमाडौं, ९ वैशाखः कक्षा १२ को परीक्षामा वैशाख १४ गते सोमबारदेखि सुरु हुने भएको छ । देशभरका ७७ वटै जिल्लामा सञ्चालन हुने उक्त परीक्षमा कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ साल यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । गत वर्षभन्दा परीक्षार्थीको संख्या घटेपछि परीक्षा केन्द्रको संख्या पनि कम भएको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले जनाए ।

यस वर्ष १ हजार ४ सय २१ वटा परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी थिए । गत वर्षको परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइ सकिएको परीक्षा नियन्त्रक शर्माले बताए । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था छ । केन्द्राध्यक्षसहित केन्द्रमा खटिने प्रहरीको रोहबरमा प्रश्नपत्र प्रिन्ट गरी वितरण गरिन्छ । वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिने समयतालिका छ ।

उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने शर्माले बताए । यसरी उत्तरपुस्तिका परीक्षा गर्दा ३ महिनाभित्र नतिजा प्रकाशन हुदैं आएको छ । कक्षा १० (एसईई) को उत्तरपुस्तिका भने यसवर्ष देखि परीक्षा केन्द्रमै परीक्षण गरेर १ महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले एसईईको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक इन्ट्री र रुजुको काम भइरहेको जनाएको छ । वैशाख मसान्तसम्म एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको लक्ष्य छ । २०८१ को एसईई परीक्षाको नजितामा उल्लेख सुधार देखिएको थियो । ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी उत्र्तीर्ण भएका थिए । २०८० मा ४८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण थिए ।

Related posts

मेडिकल कलेजमा अनुगमन समितिको छापा,एमडी अन्सारीसहित दुई जना प्रहरी नियन्त्रणमा

MadhesKhabar

छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्तासहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

जनताको काममा जुटे सांसद यादव : किसानलाई सहज रुपमा मल दिलाउन देखाए अग्रसरता

MadhesKhabar

Leave a Comment