Madhes Khabar
राजनीति

केपी ओलीलाई पक्राउ गर्न हतार गरेकाे स्वीकार्दै गृहमन्त्री सुधन गुरुङले भने : जोसुकै भएपनि छाड्दिन

काठमाडौं,३ वैशाख: गृहमन्त्री सुधन गुरुङले आफूले सुरु गरेको हाइप्रोफाइल पक्राउ शृङ्खलामा अदालतले ब्रेक लगाइदिएपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार मन्त्रालयमा पत्रकारहरूले उनलाई प्रश्न गरे, ‘तपाईँको रफ्तार स्लो डाउन भएको हो ?‘जवाफमा मन्त्री गुरुङले हाँस्दै भने, ‘खोइ त, अदालतले छाड्ने रहेछ ।’

गृह मन्त्रालयमा पत्रकारहरूसँग पहिलोपटक छलफल गरेका मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको स्वीकार गरेका छन् ।

उनले भने, ‘रातभर नसुतीकन पक्राउ गरेका थियौँ, अन्त्यमा के भयो तपाईँहरूलाई थाहै छ ।’ गुरुङले थपे, ‘त्यसमा अलिकति तयारी गर्नुपर्ने रहेछ भन्ने मैले महसुस गरेको छु ।’

पक्राउ परेका उच्च पदस्थहरू धमाधम अदालतको आदेशमा छुटेकोबारे गुरुङले असन्तुष्टि व्यक्त गरे । ‘अहिले म कानुन केलाइरहेको छु’ उच्च पदस्थहरू पक्राउको शृङ्खला नरोकिने जिकिर गर्दै गुरुङले भने, ‘न्यायालयलाई अब खत्रा ब्रेकफास्ट दिन्छु ।’

जतिसुकै ठुलो भएपनि नछाड्ने मन्त्री गुरुङले बताए । उनले भने, ‘छोड्दिन म, जतिसुकै ठुला भएपनि छोड्दिनँ ।’ प्रहरीले पक्राउ गरेको आरोपीलाई न्यायालयले छाड्नै नसक्ने गरी प्रमाण सङ्कलन गरेर बुझाउने गरी आफ्नो टिमले काम गरिरहेको उनले बताए । गुरुङले भने, ‘त्यसमा हाम्रो टिमले काम गरिरहेको छ ।’ साभार:राताेपाटी

Related posts

पटेर्वासुगौली–५ मा घरदैलो गर्दै उम्मेदवार पाण्डेयले भने : एमालेको जनलहर बढेको देखेर विपक्षी आत्तिएका छन्

MadhesKhabar

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

MadhesKhabar

अब वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

MadhesKhabar

Leave a Comment