काठमाडौँ,२वैशाख: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ३० रूपैयाँले बढाएको छ । निगमले बुधबार विज्ञप्ती जारी गर्दै आज (बुधबार) राति १२ बजेपछि लागु हुने गरी मूल्य समायोजन गरेको जनाएकाे हो ।
आयल निगमका अनुसार पेट्रोलकाे मूल्य यथावत् राखिएको छ भने हवाई इन्धन् आन्तरिक तर्फ ५ रुपैयाँले बढेको छ ।


