Madhes Khabar
राजनीति हेडलाइन

ठोरी गाउँपालिका–३ मा रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न

वीरगन्ज ५,फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार रमेश रिजालले ठोरी गाउँपालिका वडा नं. ३ मा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा रिजालले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र सुझाव सुनेका थिए। स्थानीयले सडक, शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीका विषयलाई प्राथमिकताका साथ उठाएका छन्।

उम्मेदवार रिजालले जनताको विश्वास र साथले मात्र विकास सम्भव हुने भन्दै आगामी दिनमा स्थानीय आवश्यकता अनुसार योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा युवाहरू, महिला तथा जेष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयले परिवर्तन र विकासको आशासहित रिजाललाई समर्थन गर्ने संकेत गरेको अभियान टोलीले जनाएको छ।

Related posts

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

MadhesKhabar

मधेस आन्दोलनका शहिद धर्मराजकी आमाले एमाले उम्मेदवार यादवलाई दिइन् जीतको आशिर्वाद

MadhesKhabar

बारामा धमाधम पक्राउ पर्दै मिटरब्याजीहरु

MadhesKhabar

Leave a Comment