Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जको गहवामाई मन्दिर प्रांगणमा हिन्दु स्वयंसेवक संघद्धारा ‘समरसता उत्सव’ आयोजना

वीरगन्ज,१माघःमकर संक्रान्ति पर्वका दिन वीरगन्जको गहवामाई मन्दिरको प्रांगणमा बिहीबार हिन्दु स्वयंसेवक संघ नेपालद्धारा ‘समरसता उत्सव’ भव्य रूपमा सम्पन्न भएको छ ।

समाजमा समता, ममता र समरसताको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित ‘समरसता उत्सव’ को शुभारम्भ विश्व हिन्दु परिषद नेपालका विशिष्ट व्यक्तित्वहरूले दीप प्रज्वलन गरेर गरेका थिए। ‘संगठित हिन्दु, समर्थ नेपाल’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको उदेश्य धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको प्रवद्र्धन गर्नुका साथै आपसी भाइचारा, सद्भाव र समभावलाई थप मजबुत बनाउने पनि रहेको विश्व हिन्दु परिषद नेपाल पर्साका सचिव दिपेन्द्र सर्फले जानकारी दिए ।

समरसता उत्सवमा महाप्रसाद का रुपमा खिचडी कार्यक्रममा सहभागी सबैले एकै स्थानमा बसेर ग्रहणपनि गर्दै आपसी आत्मीयता प्रकट गरेका थिए।कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका सदस्यहरूद्वारा परेड, धार्मिक अनुष्ठान, सामूहिक सहभागिता, सांस्कृतिक झल्को तथा समरसताको सन्देशमूलक विभिन्न गतिविधिहरू प्रस्तुत गरिएको थियो।

Related posts

वीरगन्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

MadhesKhabar

गढीमाई मन्दिर परिसरमा नवनिर्मित धर्मशालाको गरियो उद्घाटन

MadhesKhabar

वीरगन्जको बहुअरीमा मुस्लिम समुदायका लागि विवाह भवन निर्माण,मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment