Madhes Khabar
राजनीति

मधेसमा नयाँ सरकार बनाउन एमाले बाहेकका ७ दलकाे बैठक सुरु

जनकपुर,१८मंसिर:मधेस प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले बाहेकका सात दलको बैठक सुरु भएको छ।

जनकपुरस्थित प्रदेशसभा सचिवालयमा बिहीबार दिउँसोदेखि सुरु भएको बैठकमा सात दलका नेता तथा प्रदेश सांसद उपस्थित रहेको लोसापाका प्रदेश सांसद उपेन्द्र महतोले जानाकारी दिए।

उनका अनुसार यसै बैठकबाट नयाँ सरकारको छिनोफानो हुने बताए । नयाँ सरकारका लागि मधेसमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय तोकेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेपछि बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले राजीनामा दिएका थिए ।साभार:इकान्तिपुर

Related posts

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने पनि मेरो एजेण्डा हो – प्रदीप यादव

MadhesKhabar

असंवैधानिक कदम चाल्ने राष्ट्रपतिले ठूलो मुल्य चुकाउनु पर्छ : युवा नेता लोकेश सिंह

MadhesKhabar

पर्सा–१ मा प्रदीप यादवलाई जिताउन वीरगन्जका एमाले नेताकार्यकर्ताले देखाए एकजुटता

MadhesKhabar

Leave a Comment