Madhes Khabar
राजनीति

एमाले नेता महेश बस्नेत सवार गाडीमा लोला प्रहार,२ जना युवक पक्राउ

काठमाडौं,७मंसिरःमोरङको विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरुले रातो मसी( रङ ) छ्यापेका छन् ।विमानस्थलबाट इटहरी गइरहेका बस्नेत सवार कारमा एक युवकले दगुर्दै गएर रातो मसी भरिएको बेलुनको लोला फ्याँकेका हुन् ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरीको इटहरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगिरहँदा पनि कुँवरले महेश बस्नेतविरुद्ध नारा लगाएको भिडियोमा देखिन्छ । कुँवरले महेश बस्नेत र एमालेमाथि सांकेतिक विरोध जनाउन रातो मसी फ्याँकेको बताएका छन् ।

महेश बस्नेतले पनि आफ्नो गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् । ‘एयरपोर्टबाट निस्किँदा दुई जना केटाले बेलुनमा पानी र अबिर भरेर लुकेर हानेका थिए’, बस्नेतले भने, ‘पछि पुलिसले समायो । हामी चाहिँ हिँड्यौं ।’

कार्यक्रममा जान अवरोध पु¥याउन खोजिएको भन्दै बस्नेतले यसलाई लोकतन्त्रमाथिको उपहास भनेका छन् ।साभारःअनलाइनखबर

 

 

Related posts

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा आज बिहानै देखि प्रदर्शन सुरु

MadhesKhabar

बारा २ मा उपेन्द्रलाई जिताउन गठबन्धनको चुनावी सभा हुँदै , शीर्ष नेताहरुले सम्बाेधन गर्ने

MadhesKhabar

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित

MadhesKhabar

Leave a Comment