Madhes Khabar
वाग्मती प्रदेश

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु,पर्साका २ जना घाइते

चितवन,२९असोजःचितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेकाो किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।

बुधबार बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर. २ का ४५ वर्षीय सुकराम दराई, गोरखा स्थायी घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ५४ वर्षीय रेशम दराई र रत्ननगर नगरपालिका वडा नम्बर १२ कै ४५ वर्षका कमल गुरुङ रहेका छन् ।

उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त घटनामा पर्सा जिल्ला घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा जिल्ला नै घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ नै बस्ने ४० वर्षीय अंकज प्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको पर्खाल अचानक भत्किएको र यसमा बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Related posts

डेढ करोड मुल्यको कपडासहित दुई भारतीय पक्राउ

MadhesKhabar

म्याद गुज्रिएको घिउ र अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

MadhesKhabar

काठमाडौंमा पानीपुरी र चटपटेको बिक्रीमा रोक लगाउने तयारी

MadhesKhabar

Leave a Comment