Madhes Khabar
वाग्मती प्रदेश

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु,पर्साका २ जना घाइते

चितवन,२९असोजःचितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ शान्तिकुञ्ज टोलमा रहेकाो किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् ।

बुधबार बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको खैरहनी नगरपालिका वडा नम्बर. २ का ४५ वर्षीय सुकराम दराई, गोरखा स्थायी घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ५४ वर्षीय रेशम दराई र रत्ननगर नगरपालिका वडा नम्बर १२ कै ४५ वर्षका कमल गुरुङ रहेका छन् ।

उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त घटनामा पर्सा जिल्ला घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा जिल्ला नै घर भई हाल रत्ननगर नगरपालिका वडा नम्बर १२ नै बस्ने ४० वर्षीय अंकज प्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको पर्खाल अचानक भत्किएको र यसमा बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Related posts

भाउजुको हत्या गरेर हतियारसहित प्रहरी कार्यालयमा पुगे देवर

MadhesKhabar

हेटौंडामा क्रेनले किच्दा वीरगन्जका एक युवकको मृत्यु

MadhesKhabar

हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

MadhesKhabar

Leave a Comment