वीरगन्ज,४असोजःवीरगन्जका युवाहरुको एक समुहले शनिबार अन्तरिम सरकारलाई ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएको छ ।जेनजी आन्दोलनकारी समुह पर्साको नामक युवाहरुको समुहले शनिबार काठमाडौंमा गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै अन्तरिम सरकारसंग ६ बुँदे माग गरेको हो ।
जेनजी आन्दोलनमा लागेका युवाहरुलाई डर धम्की दिई झुठा मुद्धा लगाएर फसाउने खोजिएको भन्दै वीरगन्जका युवाहरुले त्यस्तो डर धम्की दिनेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरेको छ । त्यस्तै जेनजी आन्दोलनमा घुसपैठ गरेर आजगनी र लुटपाट गर्नेहरुलाई उच्चस्तरीय छानबिन समिति गठन गरि कारबाहीको दायरामा ल्याउनपनि वीरगन्जका युवाहरुले माग गरेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने, राजनीतिक नियुक्तीहरु खारेज गरेर योग्यहरुलाई जिम्मेवारी दिनुपर्ने,दलगत पेशागत संगठनहरु खारेज गर्नुपर्ने,अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरेर नागरिक आयोग गठन गर्नुपर्ने र निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने माग पनि वीरगन्जका युवाहरुलले सरकारसंग माग गरेका छन् ।
गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा वीरगन्जका युवाहरु सुधिर पटेल, महादेवप्रसाद कुर्मी ,वीरेन्द्र कण्ठ,वासिम शेख,सन्जय श्रेष्ठ,शेख जमसेद,सागर यादव, मुकेश यादव लगायतकाको सहभागीता थियाो ।

