Madhes Khabar
स्थानिय

जेनजी पर्साले गृहमन्त्री अर्याललाई भेट्यो : जेनजी युवाहरुलाई धम्क्याउनेलाई कारबाही गर्न माग

वीरगन्ज,४असोजःवीरगन्जका युवाहरुको एक समुहले शनिबार अन्तरिम सरकारलाई ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझाएको छ ।जेनजी आन्दोलनकारी समुह पर्साको नामक युवाहरुको समुहले शनिबार काठमाडौंमा गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै अन्तरिम सरकारसंग ६ बुँदे माग गरेको हो ।

जेनजी आन्दोलनमा लागेका युवाहरुलाई डर धम्की दिई झुठा मुद्धा लगाएर फसाउने खोजिएको भन्दै वीरगन्जका युवाहरुले त्यस्तो डर धम्की दिनेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकारसंग माग गरेको छ । त्यस्तै जेनजी आन्दोलनमा घुसपैठ गरेर आजगनी र लुटपाट गर्नेहरुलाई उच्चस्तरीय छानबिन समिति गठन गरि कारबाहीको दायरामा ल्याउनपनि वीरगन्जका युवाहरुले माग गरेका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने, राजनीतिक नियुक्तीहरु खारेज गरेर योग्यहरुलाई जिम्मेवारी दिनुपर्ने,दलगत पेशागत संगठनहरु खारेज गर्नुपर्ने,अख्तियार दुरुपयोग अनुसन्धान आयोग खारेज गरेर नागरिक आयोग गठन गर्नुपर्ने र निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने माग पनि वीरगन्जका युवाहरुलले सरकारसंग माग गरेका छन् ।

गृहमन्त्री अर्याललाई ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीमा वीरगन्जका युवाहरु सुधिर पटेल, महादेवप्रसाद कुर्मी ,वीरेन्द्र कण्ठ,वासिम शेख,सन्जय श्रेष्ठ,शेख जमसेद,सागर यादव, मुकेश यादव लगायतकाको सहभागीता थियाो ।

 

 

Related posts

पाेखरियामा कानु समाज नेपालकाे नगर कार्य समिति गठन

MadhesKhabar

सिर्सिया नदिलाई प्रदूषीत बनाउने उद्योगहरुलाई कारबाही गर्न सांसद यादवको माग

MadhesKhabar

वीरगन्जको आइसिपी भन्सार नाकाबाट भारतमा गाँँजा तस्करी

MadhesKhabar

Leave a Comment