Madhes Khabar
मधेस प्रदेश

सिरहा जेलमा कैदीहरुबीच झडप, १३ जना घाइते

सिरहा,४साउनः सिरहा कारागार (जेल)मा दुई पक्षबीच झडप भएको छ । आइतबार बिहान आन्तरिक प्रशासन चलाइरहेका कैदी तथा अन्य कैदीहरूको समूहबीच झडप भएको हो । झडपमा परेर १३ जना कैदी घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए । ’अहिले घटनाका घाइतेहरूलाई अस्पताल ल्याउने र उपचार गराउने काम भइरहेको छ,’ उनले भने, ’विवादको कारणबारे अनुसन्धान भइरहेको छ ।’

कारागार स्रोतका अनुसार, झपडमा परेर घाइतेसमेत भएका कर्तव्य ज्यान मुद्दामा जेल काट्दै कारागारको आन्तरिक प्रशासन चलाइरहेका निमित्त चौकीदार विजय महतो र उनको समूहले कैदीहरूसँग अवैध रूपमा रकम असुलिरहेको थियो ।यसै विषयमा दुई समूहबीच झडप भएको एक कैदीले बताए । ’हामीले यसबारे सम्बन्धित निकायमा गुनासो पनि पु¥याएका थियौं, तर असुली रोकिएन,’ ती कैदीले भने, ’कतैबाट सुनुवाइ नभएपछि आज झडप नै हुन पुग्यो ।’

घटनापछि कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। प्रारम्भिक छानबिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको टोली कारागारमा परिचालन गरिएको छ।

सिराहा कारागारमा क्षमता भन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेका छन्। त्यहाँ अवैध कारोबार हुने आशंकाका आधारमा शनिबार बिहान जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको टोलीले सर्च अपरेसन चलाएको थियो।उक्त अपरेसनअन्तर्गत कैदीबन्दी बस्ने प्रत्येक कोठाको गहन खोजतलास गरिएको थियो। त्यसको भोलिपल्ट आइतबार झडप भएको हो ।

सिरहा कारागारमा आन्तरिक प्रशासनले मदिरादेखि लागूऔषधको कारोबार गर्ने गरेको, विभिन्न बहानामा अवैध असुली हुने गरेको विषय यसअघि पनि सार्वजनिक भएको थियो ।

Related posts

सर्लाहीकाे बरहथवामा प्रहरी चलाएकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

MadhesKhabar

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment