Madhes Khabar
समाचार

पर्सा प्रहरीद्वारा १ वर्षमा १ हजार ५११ फरार अपराधि पक्राउ, ३ करोड ५५ लाख जरिवाना असुल

वीरगन्ज,४साउनःजिल्ला प्रहरी कार्यालय पर्साले एक वर्षमा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।गत आर्थिक वर्ष २०८१/८२ मा १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अदालतबाट विभिन्न अपराध तथा कसूरमा दोषी ठहर भई कैद तथा जरिवाना सजाय भएपछि फरार भई नेपाल तथा भारतको विभिन्न स्थानमा लुकिछिपी बसिरहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयले पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ गरिएका फरार अपराधिहरुलाई अदालतमा पेस गरिएकोपनि उनले बताए ।

उनिहरुबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल उपरपनि गरिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

अदालतबाट दोषी ठहर भएका अपराधिहरु पक्राउ नपर्दा पिडितहरुले न्याय नपाउने,समाजमा अराजकता र नैराश्यता बढ्ने हुदाँ फरार अपराधिहरुलाई पक्राउ गरेर तोकिएको कैद तथा जरिवाना असुल उपर गराउनुपर्ने नेपाल प्रहरीको कार्यलाई प्रमुख प्राथमिकतामा राखेर जिल्ला प्रहरी कार्यालय पर्साले विशेष अभियान नै सञ्चालन गरेर फरार १ हजार ५ सय ११ जना फरार अपराधिलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।

Related posts

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

MadhesKhabar

वीरगन्जमा तस्करी गरि ल्याइएको १९ लाखको मोबाइल र घडीसहित एक भारतीय पक्राउ

MadhesKhabar

युवा र पाका दुवैलाई समय र आवश्यक्ताका आधारमा स्थान दिनुपर्ने : मन्त्रि यादव

MadhesKhabar

Leave a Comment