Madhes Khabar
स्थानिय हेडलाइन

पानीको संकटले ब्याकुल वीरगन्जबासीको घरदैलोमा संगै पुगे मन्त्रीद्वय यादव र चौरसिया

वीरगन्ज,३० असारःवीरगन्जमा चापाकलहरु सुकेर खानेपानीको संकट बढ्दे गएका बेला पर्साबाट संघ सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीहरुले काठमाडौंबाट वीरगन्जमै आएर संयुक्त रुपमा महानगरका विभिन्न वडामा अनुगमन गरेका छन् ।

खानेपानी मन्त्री प्रदीप यादव र कानुनमन्त्री अजय चौरसियाले सोमबार वीरगन्ज महानगरका विभिन्न वडाहरुमा संगसैगै अनुगमन गर्दै पानीको संकटको अवस्था र त्यसले स्थानीयको जनजीवनमा पारेको असरबारे वडाका जनप्रतिनिधी र स्थानीयसंग भेटेर छलफलपनि गरेका छन् ।

यादव , पर्सा क्षेत्र नम्बर १ का चौरुसिया पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य (सांसद) पनि हुन् ।दुवै मन्त्रीहरुले वडामा अनुगमन गर्ने क्रममा प्रदेशसभा सदस्य श्याम पटेलपनि सहभागी थिए ।

मन्त्रीद्वय यादव र चौरिसिया सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर ६ , वडा नम्बर ९ , वडा नम्बर १० का विभिन्न टोलमा पुगेका थिए ।

पानीको संकटले विपत्तिमा परेका पीडित नागरिकहरूप्रति सहानुभूति प्रकट गर्दै वीरगन्जबासीको खानेपानीको समस्या समाधान गर्न आफु र कानुमन्त्री चौरसिया वीरगन्जका विभिन्न प्रभावित वडाका घर–घरमा पुगेर स्थलगत निरीक्षण गरिरहेको मन्त्री यादवले जानकारी दिए ।

मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहटलगायत मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट सृजना भई जनजीवन प्रभावित भएको भन्दै सबैको सहयोग र समन्वयबाट समस्या समाधान गर्न सकिने बताए ।

‘अहिलेको यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै आँफुले कानुनमन्त्री चौरसियासंगै वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन गर्यौै’, यादवले भने,‘ अनुगमनका क्रममा पिडित जनताहरुको दुःख पिडा सुन्यौ, समस्या समाधानका लागि आफ्नो मन्त्रालयले महानगरपालिकासंग समन्वय गरेर काम गरिरहेको जनतालाई जानकारीपनि गरयौं ।’

यस्तै कानुनमन्त्री चौरसियालेपनि पानीको संकटले पिडित आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमै पुगेर उनिहरुको समस्या र पिडा बुभ्mने काम गरेको बतााए । पानीको संकटले वीरगन्जका नागरिक आकुल व्याकुल भइरहेको भन्दै उनले खाानेपानी मन्त्राललय र खानेपानी मन्त्री यादवसंग समन्वय गरेर आँफुपनि लागि परेको चौरसियाले बतााए ।अहिलेको कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सबैलाई आग्रह गर्दै उनले सबैको सहयोग र समन्वयले समस्या समाधानको विकल्प निकाल्न सकिने बताए ।

लामो समयको खडेरीका कारण आकाशे वर्षा नभएपछि चापाकलहरु सुकेपछि वीरगन्जमा खानेपानीको हाहाकार भएको छ । तत्कालका लागि राहत दिन खानेपानी मन्त्रालय र वीरगन्ज महानगरपालिकाले विभिन्न वडामा डीप बोरिङ गाड्ने काम गरिरहेको छ भने ट्यांकरमार्फत पानी ओसारेर टोलटोलमा वितरणपनि गर्दै आएको छ ।

Related posts

मेयर सिंहको निर्देशनमा माइराम पोखरी अतिक्रमण गरि बनाइएका संरचना हटाउने प्रकृया शुरु

MadhesKhabar

पर्सामा स्वतन्त्र उम्मेदवारी दिएका जसपाका ७ नेता पार्टीबाट निष्काशन

MadhesKhabar

सरकारले बढायो रासायनिक मलको मूल्य (बढेकाे मुल्यसुची सहित)

MadhesKhabar

Leave a Comment