Madhes Khabar
स्वास्थ्य हेडलाइन

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच उपचार सेवामा छुट दिने सम्झाैता

वीरगन्ज,२७जेठ:वीरगन्ज-१५ स्थित नेशनल मडिकल कलेज तथा शिक्षण अस्पतालले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने भएकाे छ।त्यसका लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच मंगलबार दुई पक्षीय सम्झाैता भएकाे छ ।

उक्त सम्झाैता अनुसार नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व प्रहरी कर्मचारीहरु तथा नीजका आश्रित परिवारजनहरुलाई मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ।

सम्झाैता पत्रमा मेडिकल कलेजका तर्फबाट कलेजका प्रबन्धक शहानवाज अन्सारी र नेपाल प्रहरीकाे तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गाैतम मिश्रले हस्ताक्षर गरेका छन् ।

मेडिकल कलेजले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका बहालवाला प्रहरी, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक अन्सारीले जानकारी दिए।उनका अनुसार मेडिकल कलेजले ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारजनहरुलाई समेत ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियाे एक्सरे, एक्सरे, इसिजि लगायतकाे सेवामा पनि २० प्रतिशत छुट प्रदान गरिने मेडिकल कलेजले जनाएकाे छ ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा मेडिकल कलेजमा संचालक प्रा.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतकाकाे पनि उपस्थिती रहेकाे थियाे ।

Related posts

त्रिशुली घटना : न लास भेटियाे, न जिउँदै भएकाे आस

MadhesKhabar

पर्सा–१ मा प्रदीप यादवको पहिचान : ‘ संकटमा साथ, विकासमा भरोसा’

MadhesKhabar

पर्साको एक विधालयको बेथिती : श्रीमान् मलेशीयामा , श्रीमति फर्जि हस्ताक्षर गरेर तलब खादै

MadhesKhabar

Leave a Comment