काठमाडौं,३बैशाख:मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।अहिराजविरुद्ध जबरजस्ती करणी(बलात्कार) मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले भने, ‘उहाँमाथि अनुसन्धान गर्दैछौँ। एउटा जाहेरी परेको छ।’
जाहेरीमा अहिराजले मधेस मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ।
अहिराज २०७७ फागुन ७ मा मधेस प्रदेश प्रमुख नियुक्त भएका थिए।साभार:नागरिक

