Madhes Khabar
अन्तर्राष्ट्रिय

इस्लाम धर्म अपनाउन नमान्दा पाकिस्तानमा एक हिन्दुकाे गोली हानेर हत्या

सांकेतिक तस्बिर ।

काठमाडौं,१८चैत:पाकिस्तानको पेशावरमा एक जना हिन्दू नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ । नदीमलाई इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानेर हत्या गरिएको हो ।

 

पेशावरको पोस्टल कोलोनीमा हत्या भएको बीबीसी उर्दुले जनाएको छ । शनिबार आफ्नो काम सकेर घर फर्किरहेका नदीममाथि गोली प्रहार भएको हो । ५६ वर्षीय नदीम पेशाले एक सरकारी संस्थानका कर्मचारी हुन् । गोली प्रहारपछि भागेका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नदीमका भाई सागर अमीनले आफ्नो निवेदनमा कोलोनीमा रहेका बेला आफ्ना दाईमाथि मुश्ताकले गोली प्रहार गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गोली लागेपछि घाइते भएका दाईलाई अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भयो ।’

 

निवेदनअनुसार आरोपीहरुले दुई/तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन धम्की दिइरहेका थिए । तर पटक–पटकको धम्कीपछि पनि इस्लाम अपनाउन अस्वीकार गरेपछि उनको गोली हानी हत्या गरिएको उनका भाई सागरले बीबीसीसँग भनेका छन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दुसँग कुरा गर्दै हत्यापछि अभियुक्तहरु फरार भएका थिए । तर डीएसपी सिटी यख तुत सर्किलको नेतृत्वमा खटिएको एक विशेष टिमले मुश्ताकलाई चारसड्डा क्षेत्रबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा मुश्ताकले नदीमको अमीनको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।साभार:कान्तिपुर

Related posts

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि १३ सय भन्दा बढिको मृत्यु

MadhesKhabar

अत्याधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

MadhesKhabar

एनआरएनए न्युयोर्कको सचिवमा अधिकारीको उम्मेदवारी

MadhesKhabar

Leave a Comment