Madhes Khabar
प्रविधि

भारतीय कम्पनी ‘एयरटेल’को लिंकमा आएको समस्याले गर्दा नेपालमा इन्टरनेट सेवा प्रभावित

काठमाडौं,२०माघ:दृशभर आइतबार बेलुकीदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो ।

 

नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार ‘डिस्कनेक्ट’ हुने जस्ता समस्या देखिएको गुनासो प्रयोगकर्ताहरूले गरिरहेका छन् । प्रयोगकर्ताहरूले इन्टरनेट नचलेको गुनासो सामाजिक सञ्जालमार्फत पनि गरिरहेका हुन् ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ पठाउने भारतीय कम्पनी ‘एयरटेल’को लिंकमा आएको समस्याले गर्दा नेपाली सेवा प्रदायकहरूको कनेक्टिभिटीमा असर परेको जानकारी दिए । ‘अहिले इन्टरनेटमा अन्तर्राष्ट्रिय रूपमै समस्या आएको हो कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘हाम्रा प्राविधिकहरू समाधानका लागि काम गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।’

 

इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पनि एयरटेल नेटवर्कमा समस्या आइरहेको पुष्टि गरे ।साभार:कान्तिपुर

Related posts

चुनावका बेला फेसबुकमा के के गरेमा कारबाही हुन सक्छ ?

MadhesKhabar

चल्न थाल्याे फेसबुक र इन्स्टाग्राम

MadhesKhabar

वीरगञ्ज कृषि औजार कारखाना आविष्कार केन्द्रलाई हस्तान्तरण , तर अझ सरकारकै भर

MadhesKhabar

Leave a Comment