Madhes Khabar
खेलकुद

एनआई कप क्रिकेट : अल्पाइनसंग वीरगन्ज कलेज पराजित

वीरगन्ज,१०माघःवीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई ) कप क्रिकेट अन्र्तगत बिहीबार भएको पहिलो े खेलमा अल्पाइन उच्च मावि विजयी भएको छ ।

नारायणी क्रिकेट मैैदानमा भएको खेलमा अल्पाइनले वीरगन्ज कलेजलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।वीरगन्ज कलेजले दिएको ६९ रनको लक्ष्य अल्पाइनले ८.४ ओभरमा १ विकेटमात्र गुमाएर पुरा गर्यो । अल्पाइनका लागि अफ्रिदी आलम र रोहित यादवले समान २६ रन बनाए ।

त्यसअघि पहिले व्याटिङ गरेको वीरगन्ज कलेज १४.५ ओभरमा अलआउट हुदैं ६८ रन मात्र बनाएको थियो । उसका लागि नितेश पटेलले १६ र सोहेल अन्सारीले ११ रन बनाएका थिए ।उक्त खेलको प्यलेयर अफ दी म्याच अल्पाइनका अफ्रिदी आलम घोषित भए ।

नेशनल इन्फोटेक कलेजको आयोजनमा शनिबारदेखि सुरु भई माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० निजी कलेजका टिमले भाग लिएका छन् ।

Related posts

पर्सामा झाको अध्यक्षतामा खो खो संघको जिल्ला कार्यसमिति गठन

MadhesKhabar

सानदार व्याटिङ गरेपनि न्युजिल्यान्ड अष्ट्रेलियासँग ५ रनले पराजित

MadhesKhabar

सन्दीप लामिछानेलाई आजै यूएई पठाउने क्यानको तयारी

MadhesKhabar

Leave a Comment