Madhes Khabar
मधेस प्रदेश

भारतीय कुख्यात डाँकु हुसैन सिरहाबाट पक्राउ

सिरहा,२पुसःमधेसका विभिन्न जिल्लामा चोरीका घटनामा संलग्न भारतीय डाँका सिरहाबाट पक्राउ परेका छन् ।प्रहरीले शनिबार सिरहास्थित नेपालभारत सीमाक्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्ने आरिफ हुसैनलाई पक्राउ गरेको हो ।

सिरहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार नेपालसहित भारतका विभिन्न स्थानमा हुसैनविरुद्ध डकैती, लुटपाट तथा सङ्गठित अपराध मुद्दा दर्ता छ । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकको शाखामा २०८० साल जेठ १६ गते पाँच जनाको हतियारधारी समूहले पेस्तोल देखाएर ३८ लाख लुटेको घटनामा पनि उनी प्रतिवादी रहेका थिए ।

त्यसैगरी २०७९ फागुन १० मा सिरहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा पैसा बोकेर गइरहेका ग्लोबल आइएमई बैंकका कर्मचारीलाई पेस्तोल देखाई रु नौ लाख लुटेर फरार भएको घटनामा पनि उनी प्रतिवादी रहेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए । उनले भने, “अन्य धेरै चोरी डकैतीका घटनामा उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ । तर सबै घटनामा मुद्दा दर्ता छैन ।”

भारतमा बसी नेपालमा संगठीत अपराध गर्दै आएका डाँकाहरूको समूह नै रहेको र पक्राउ परेका डाँकु हुसैन उक्त समूहका नाइके रहेको प्रहरीले जनाएको छ ।

उक्त समूहका अन्य केही व्यक्ति महोत्तरी प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । उक्त समूहले नेपालमा मात्र नभएर भारतमा पनि चोरी, डकैती गर्दै आएको र भारतीय प्रहरीले उनीबारे सूचना दिनेलाई रु २५ हजार पुरस्कार दिने घोषणा गरेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।

Related posts

महोत्तरीको जलेश्वरका मेयर सोनार र उपमेयर खातुनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

MadhesKhabar

मधेसका युवालाइ तालिम दिएर स्वदेशमै रोजगारी दिन्छौ : मुख्यमन्त्री राउत

MadhesKhabar

Leave a Comment