वीरगन्ज,२४असोजःछिमेकी मुलुक भारतले नेपाललाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) सहयोग गरेको छ ।असोज ११ र १२ गते अविरिल वर्षासंगै आएको बाढी पहिरोबाट क्षतिग्रस्त पुलहरु भएको ठाँउमा अवरुद्ध सडक सुचारु गर्नका लागि नेपाललाई भारत सरकारले करिब ३८ करोड रुपैयाँ बराबरको १० वटा बेलिब्रिज सहयोग गरेको हो ।
भारतबाट ट्रकमा लोड गरि ल्याइएका बेलिब्रिजका सामानहरु वीरगन्जस्थित भारतीय महावााणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई वीरगन्जको आइसिपी परिसरमा हस्तान्तरण गरेका छन् ।त्यसअवसरमा पर्साको नेपाल प्रहरीका उपरीक्ष कुमोद ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतकोपनि उपस्थिती थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारीलले भारतीय महावाणिज्य दूतावासका अनुसार भारत सरकारले १० वटा बेलिब्रिजका लागि आवश्यक ५२ ट्रक सामान पठाएकोमा बुधबार बेलुकी वीरगन्जकोे आइसिपीमा ३६ वटा ट्रक आइपुगेको र बाँकी १६ ट्रक सामान भारतकै बाटोमा रहेको जानकारी दिए ।
वीरगन्जमा आइपुगेका र आउन बाँकी रहेका बेलिब्रिजका सामानहरु हेटौडाँस्थित सडक डिभिजन कार्यालयमा पठाइने उनले बताए । त्यहाँबाट ती सामानहरु बाढी पहिरोले सडक अवरुद्ध भएका जिल्लाहरुमा पठाइने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।
वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत मीनाले करिब ३८ करोड रुपैयाँँ बराबरको १० वटा बेलिब्रिज भारत सरकारले नेपाललाई सहयोग गरेको जानकारी दिए ।भारत सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित स्थानहरुमा राहतकाा अन्य सामानहरुपनि सहयोग गर्ने उनले बताए।

