Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्सामा धार्मिक उत्सव र चाडबाडमापनि ठूलो आवाजमा डिजे र लाउड स्पीकर बजाउन रोक

वीरगन्ज,२३भदौंःजिल्ला प्रहरी कार्यालय पर्साले कुनैपनि धार्मिक,राजनीतिक,सामाजिक लगायतका उत्सव, कार्यक्रम,भेला, मेला वा पूजापाठमा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन रोक लगाएको छ ।

आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लाभित्र हुने राजनीतिक,धार्मिक–सांस्कृतिक कार्यृक्रम,चाडपर्व,धार्मिक ¥याली, जुलुश,सम्मेलन,बैठक वा प्रचार–प्रसारका कृयाकलापमा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउने तथा आशीसबाजी गर्ने कृयाकलापमा रोक लगाइएको जनाएको छ ।

भदौं २१ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले त्यस्ता कृयाकलापहरु नियन्त्रण गर्ने निर्णय गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाउनमा रोक लगाइएको बताएका छन् ।

यदि कसैलेपनि प्रहरीको यो सूचनालाई उल्लंघन गरेर डिजे स्पीकर, लाउड स्पीकरहरु ठूलो स्वरमा बजाएको तथा आतीसबाजी गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिनेपनि चेतावनीपनि जिल्ला प्रहरी कार्यालय पर्साले दिएको छ ।

Related posts

वीरगन्ज महानगरले ल्यायो सवा ३ अर्बको बजेट

MadhesKhabar

वीरगन्ज नाकामा एसएसबीले गोली चलाएको प्रकरण : दुई जना पक्राउ, अरुकोपनि खोजी जारी

MadhesKhabar

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

MadhesKhabar

Leave a Comment