Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालकाे अवस्था सुधार्न स्वास्थ्यमन्त्री पाैडेलसंग नेविसंघको गुहार

वीरगन्ज,१८भदौ :नेपाल विद्यार्थी संघ पर्साले संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेललाई भेटेर वीरगन्जको नारायणी अस्पतालको विद्यमान समस्याहरु बारे ध्यानाकर्षण गराएको छ।मन्त्रालयमै पुगेर नेविसंघ पर्साका नेताहरुले स्वास्थ्यमन्त्री पाैडेललाई भेटेर अस्पतालकाे बिग्रदो अवस्था बारे ध्यानाकर्षण गराउँदै सुधारका विभिन्न मागसहितकाे ज्ञापनपत्रपनि बुझाएका छन् ।

नेविसंघले बुझाएकाे ज्ञापनपत्रमा नारायणी अस्पतालमा नव नियुक्त निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ऐनामुल हकले पारदर्शिता र समन्वयको अभावमा मनोमानी तरिकाले ४७ जना कर्मचारीलाई हटाएको आरोप लगाइएकाे छ । हटाइएका कर्मचारीकाे बाँकी पारश्रमिकपनि नदिइएको,अस्पताल विकास समितिसंग कुनै समन्वय नै नगरी आफ्ना नजिकका ७ जनालाई अस्पतालमा नियुक्त गरिएकाे आराेपपनि नेविसंघको छ ।

एकैपटक ४७ जना कर्मचारीलाई हटाउँदा अस्पतालका विभिन्न विभाग र वार्डकाे सेवा प्रभावित हुनपुग्दा बिरामीहरु उपचार पाउनबाटै बन्चित हुनु परेकाे भन्दै नेविसंघले अस्पतालको भाैतिक पूर्जाधारकाे अवस्था सुधार गर्न र सर्वसाधारणको स्वास्थ्य सेवा प्रवाहमा आएको समस्याको समाधानका लागि तत्काल कदम चाल्न स्वास्थ्य मन्त्री पाैडेलसंग आग्रह गरेको छ ।

नेविसंघ पर्साका सभापति रमेश यादवकाे नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा नेविसंघका केन्द्रीय सदस्य आदित्य दास, जिल्ला उपसभापति बर्कत अली, राहुल पटेल, प्रकाश रौनियार, सह-सचिव मोहम्मद अब्दुल , दीपक सहनी लगायतको पनि सहभागीता थियोे ।

Related posts

ठाेरीका क्यान्सर पिडित तमाङका लागि ५ दिनमै साढे ११ लाख रुपैयाँ सहयोग संकलन

MadhesKhabar

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

MadhesKhabar

पर्सामा मलकाे कालाेबजारी: बड्निहारबाट २७ बाेरा मल सहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment