Madhes Khabar
स्थानिय

हावाहुरीले पर्साकाे शिवम हयाचरीमा ३५ हजार कुखुरा मरे

वीरगन्ज,२४जेष्ठ :बुधबार राति आएको विनाशकारी हावाहुरीले पर्साको पर्सागढी नगरपालिका- ९ मा रहेकाे शिवममा लाखौंको क्षति पुर्‍याएको छ ।

हावाहुरीसहितकाे वर्षाले हयाचरीमा ३५ हजार प्यारेन्ट (माउ) कुखुरा मरेको ह्याचरीका प्रबन्ध निर्देशक रिजवान अहमदले बताए ।

उनका अनुसार फार्मका आठवटा खोर हावाहुरीले पूरै भत्किएका छन् । खोरमा भण्डारण गरिएको कुखुराको चारो पानीले भिजेर नष्ट भएको छ । हुरीले टिनको छाना भत्कएपछि किचिएर प्यारेन्ट (माउ) कुखुराहरु मरेका हुन् ।

हावाहुरीले कुखुरा मर्नुका साथै ग्यारेज, खोर, बिद्युत तथा सिसि क्यामेरा र होर्डिङ बोर्डमा क्षति पुगेको उनले बताए ।

Related posts

रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी बालिकाको पहिचान खुल्यो ,तर अवस्था अझै अज्ञात

MadhesKhabar

वीरगन्ज महानगरपालिका कार्यालय आज बन्द

MadhesKhabar

पर्साका पालिका उपप्रमुखहरुले गठन गरे `डेपुटी मेयर्स क्लब´, अध्यक्षमा थारु

MadhesKhabar

Leave a Comment