Madhes Khabar
खेलकुद हेडलाइन

टी–२० विश्वकपको हरेक शतकमा आसिफलाई १ लाख रुपैयाँ दिने वीरगन्जका मेयर सिंहको घोषणा

वीरगन्ज,२१जेष्ठ: अमेरीका र वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटमा भाग लिएको नेपाली टिमका व्याटर आसिफ शेखले शतक हानेमा वीरगन्ज महानगरपालिकाले उनलाई १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्ली निवासी आसिफ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर र व्याट्म्यान हुन् ।

सोमबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा पोष्ट गर्दै जारी टि–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीका सदस्य वीरगन्ज निवासी आसिफलाई शतक हानेमा १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मेयर सिंहले लेखेका छन्– विश्वकपमा सहभागी वीरगन्जका छोरा आसिफ शेखको सम्मान र हौसला बृद्धिका लागि वीरगन्ज महानगरको तर्फबाट प्रत्येक खेलमा ३० रन जोड्दा ३० हजार रुपैयाँ, ५० रन जोड्दा ५१ हजार रुपैयाँ र १०० रन जोड्दा १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दछु ।

मेयर सिंहले वीरगन्जका शानका रुपमा नेपाली राष्ट्रिय टोलीमा समावेश आसिफको विश्वकपमा मनोबल बढाउनका लागि आँफुले यस्तो घोषणा गरेको बताएका छन् ।

यसअघि २०७९ साल चैतमा काठमाडौंमा सम्पन्न आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका आसिफ र उनका सहोदर भाई आरिफ शेखलाई वीरगन्ज महानगरले नै नागरिक अभिनन्दनसंगै एक एक थान यमहा एफजेडएफआइ मोटरसाइकल प्रदान गर्दै सम्मानित गरेको थियाो ।२ चैत २२०७९मा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।

जारी टि–२० विश्पकपमा नेपाल समूह डी मा रहेको छ । उक्त समुहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।विश्वकपमा नेपालले आफनो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ गते खेल्दैछ ।

 

 

Related posts

पर्साकाे ओरिया खाेलामा हराएका दुई वटा सिमास्तम्भ भेटियाे

MadhesKhabar

चिसाे बढेपछि सार्वजनिकस्थलमा आगो ताप्ने व्यवस्था मिलाउँदै वीरगन्ज महानगर

MadhesKhabar

एक महिनामा वीरगन्ज नका हुँदै भित्रियो १५ हजार टन डीएपी मल

MadhesKhabar

Leave a Comment