
काठमाडौं,३०बैशाख:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।
माओवादी केन्द्र र एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डको सन्देश पठाएको छ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।
सरकारबाट समर्थन फिर्ता लिने विषयमा जसपा नेपालले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ।

