Madhes Khabar
धर्म/संस्कृति

पोखरियामा ९ दिने विष्णु महायज्ञ सुरु, पहिलो दिन निकालियो भव्य शोभा यात्रा

वीरगन्ज,२७बैशाखः पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियामा बिहीबार देखि नौं दिने श्रीविष्णु महायज्ञ सुरु भएको छ । जेठ ४ गतेसम्म चल्ने महायज्ञको पहिलो दिन बिहीबार भव्य कलशसहितको शोभायात्रापनि निकालिएको छ ।

महायज्ञ आयोजनास्थलबाट सुरु भएको कलशसहितको शोभायात्रा सतवरिया,पोखरिया बजार,शिवबरवा,सेमरबारी बरवा, चुरिहर्वा गाँउ हुदै नदीमा पुगेर त्यहाँ पूजापाठ गरी जल भरेर पोखरिया गाउँको परिक्रमा गर्दै पुन महयज्ञ मण्डपमा पुगेर समापन भएको हो ।

कलशतथा शोभायात्रामा ३ हजार १ सय ५१ जना कुमारी कन्याका साथै करिब ८ हजार भक्तजन सहभागी भएको महायज्ञ संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले जानकारी दिए।
शोभा यात्राले विभिन्न गाँउको परिक्रमा गर्ने क्रममा यात्रामा सहभागीहरुलाई ठाँउठाँउमा विभिन्न व्याक्ति र संस्थाले चीसो सर्वत पानी,फ्रुटी,फलफुलहरु बाँडेका थिए ।

शोभायात्रामा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहान, उपमेयर रूबी कुमारी ठाकुर,संविधानसभा सदस्य रामेश्वर प्रसाद रौनियार, पूर्व मेयर दीपनारायण रौनियार, नेता गौरीशंकर साह तेली,नेजामुदीन समानी, आशादेवी चौहान,सकिम मियाँ लगायतकोपनि सहभागीता रहेको स्थानीय सञ्चारकर्मी शैलेस गुप्ताले जानकारी दिए ।

Related posts

चैती नवरात्रा आजबाट सुरु, वीरगन्जका शक्तिपिठहरुमा भक्तजनहरुको चहलहपल

MadhesKhabar

वीरगन्जमा ‘डीजे डान्डिया नाइट–सिजन ३’ भब्यतापूर्वक सम्पन्न

MadhesKhabar

श्रीराम जन्मोत्सवमा यसपालि पनि वीरगन्जमा निकालियो ‘भव्य शोभा यात्रा’ (फोटो फिचर)

MadhesKhabar

Leave a Comment