Madhes Khabar
राजनीति हेडलाइन

फुट्यो उपेन्द्र यादवको पार्टी जसपा, प्रदीप यादवसहितका सांसदले गरे विद्रोह

वीरगन्ज,२३ बैशाख : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) नेपाल फुटेको छ । प्रतिनिधीसभा सदस्य (सांसद) अशोक राईसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ जना सांसदले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दर्ता गराएको सांसद प्रदीप यादवले जानकारी दिए।

आँफु र राईसहित नवलकिशोर साह सुढी , विरेन्द्र महतो,रन्जु कुमारी , हसिना खान , र शुसिला श्रेष्ठ गरी ७ जना सांसदले आयोगमा छुुट्टै दल दर्ताका लागि निवेदन दर्ता गराएको यादवले मधेसखबरलाई जानकारी दिए ।

यादवका अनुसार, नयाँ दलको नाम जनता समाजवादी पार्टी (जसपा)  र चुनाव चिन्ह मुठ्ठी प्रस्तावित गरिएको छ ।यसअघि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालबाट नेपाल भन्ने शब्द हटाएर आँफुहरुले जनता समाजवादी पार्टी नामको दल दर्ताका लागि निवेदन दिएको सांसद यादवले बताए ।

अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नरहेको र सच्याउन बारम्बार आग्रह गर्दापनि अटेर गरेपछि आँफुहरुले जसपा फुटाएर छुट्टै दल दर्ताका लागि आयोगमा निवेदन दिएको उनले बताए ।संघीय संसदमा जसपा नेपालका १२ जना सांसद छन् ।हाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने अमेरिकाको भ्रमणमा रहेका छन्।

Related posts

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

MadhesKhabar

वीरगन्ज : विद्यालयमा नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

MadhesKhabar

जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

MadhesKhabar

Leave a Comment