Madhes Khabar
राजनीति हेडलाइन

विदेशीको इशारामा हिन्दूवादीले मधेसमा धार्मिक हिंसा भड्काउन खोजिरहेका छन् : सांसद सिंह

वीरगन्ज,१७ बैशाखःप्रतिनिधीसभा सदस्य (सांसद) अमरेश कुमार सिंहले अहिले संविधान समाप्त भएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेल जाने ठोकुवा गरेका छन् ।

सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा गरेका हुन् ।

त्यहि नियतले अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहारपनि भइरहेको सांसद सिंहले बताए ।संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए ।

उनले भने,‘ त्यसको जीता जागता (ज्वलन्त) उदाहरण मधेसमै अहिले देखिइरहेको छ ।केहि समययता वीरगन्जसहित मधेसका विभिन्न शहरमा निरन्तर धर्मका नाममा अराजक जुलुश र ¥यालीहरु निकालिदैछ ।यसले नै प्रष्ट हुन्छ ।विदेशी शक्तिहरु लागेर मधेसमा धर्मको नाममा द्धन्द्ध सृजना गर्न खोजिरहेको सांसद सिंहले बताए ।त्यसकारण संविधान अहिले संकटमा परेको उनको बुझाई छ । उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेकोपनि प्रष्ट पारे ।

उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोपपनि लगाए । उनले भने,‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी,बुहारी,भाई,भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ। योपनि एउटा अपराध नै हो।’

नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए ।

देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेका कारण मुलुकको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको उनले बताए । उनले भने,‘ अहिले साधरण खर्चपनि विदेशी ऋण मागेर भइरहेको छ । जब साधरण खर्च नै विदेशी ऋणमा चलिरहेको छ भने यत्तिले नै पुष्टी हुन्छ कि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा पुगेको छ ।

Related posts

पूर्ण खोप घोषणा भइसकेको पर्सामा पहिलो पटक भेटिएका जिरो डोजको बच्चालाई लगाइयो खोप

MadhesKhabar

सरकारले सुचीबाट हटाएपछि नेशनल मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

MadhesKhabar

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment