Madhes Khabar
अर्थतन्‍त्र

लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ३५ हजार ६ सय

फाइल तस्बिर ।

वीरगन्ज,२५चैतःनेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।लगातार उकालो लागेको सुनको मूल्यमा आइतबार नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ पुगेको छ ।गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ थियो ।आइतबार तोलामा २ हजार ९०० रुपैयाँले बढेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भभएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ९०० रुपैयाँले १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।गत शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ ।महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६७० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार चाँदीको मूल्य १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

डिजेलकाे मूल्य घट्याे, पेट्रोल र ग्याँसकाे अब कति ?

MadhesKhabar

सुनको मूल्य एकैदिन ८ हजार ८०० रुपैयाँले घट्यो

MadhesKhabar

वीरगन्ज महानगरपालिकाको बेरुजु रकम २ अर्ब ६६ करोड

MadhesKhabar

Leave a Comment