Madhes Khabar
स्थानिय हेडलाइन

वर्षा लाग्नु अगावै धमाधम ढल र नालाको सफाई गर्दै वीरगन्ज महानगर

वीरगन्ज,६चैत : वीरगन्ज महानगरपालिकाले वर्षाको मौसम सुरु हुनु अगावै महानगरमा रहेका ठूला ढल र नालाहरु सफाइ गर्ने कार्यलाई तिब्रता दिएको छ । वर्षाका बेला ढल र नाला जामका कारण विभिन्न क्षेत्र जलमग्न हुने समस्या हुदैं आएकोमा यसपालिकाको वर्षामा भने त्यस्तो समस्या नदोहोरियोस् भनेर महानगरपालिकाले वर्षाको सिजन सुरु हुन अगावै ठूला ढलदेखि साना–ठूला सबै नाला सफा गर्ने लक्ष्य लिएर तिब्र गतीमा काम भइरहेको महानगरपालिकाका सरसफाई महाशाखा प्रमुख सरफुदिन मियाँले बताए ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा चैतमहिना लागेसंगै ढल र नालाको सफाइ गर्ने काम भइरहेको मियाँले बताए । यो एक साताको अवधिकमा हालसम्म वीरगन्ज महानगरपालिका वडा नम्बर १, २, ३, ७, ११, १४, र १६ मा रहेका ठूला नालाको सफाई गरिसकिएको र अहिले अन्य वडामा पनि नाला सफाई भइरहेको उनले बताए ।

ढल र नालाको सफाइमा महानगरपालिकाका ४ वटा स्काभेटर र ७ वटा ट्याक्टरको प्रयोग गरएको भन्दै मियाँले नाला सरसफाईका लागि ४० जना कर्मचारीसमेत खटाइएको जानकारी दिए ।

अहिले केहिदिन यता गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्न सुरु भएकाले त्यसलाईपनि मध्यनजर गरेर ढल र नाला सफाइ गर्न थालिएको मियाँले बताए । उनले भने, ‘यदि नाला जाम भएन भने लामखुट्टेको लार्भा पनि मर्छ । लामखुट्टेको प्रकोपपनि बढ्दैन। यसका साथै वर्षातको समयमा नाला जाम भएर हुने हुने डुबानको समस्या हटाउनपनि ढढल र नालाकोे सफाई भइरहेको हो ।

Related posts

रक्सौलमा अवरोधपछि वीरगन्जकाे ड्राइपाेर्ट नाकाबाट कोइला भित्रिन थाल्यो

MadhesKhabar

जीतपुरबाट वीरगन्जका दुईसहित पाँच जना जुवाडे पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरपालिकाद्वारा किसानलाई आधा भाउमा धानको बीउ वितरण

MadhesKhabar

Leave a Comment