Madhes Khabar
समाचार

वीरगन्जमा तस्करी गरी ल्याइएको जुत्ता-चप्पल बरामद

वीरगन्ज,२७फाल्गुन:भारतबाट तस्करी गरी ल्याइएको जुत्ता चप्पल प्रहरीले वीरगन्जबाट बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर घण्टाघर सडक खण्डकाे एक कोठा भाडामा लिई नामथर वतन नखुलेको व्यक्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणमा जुत्ताचप्पल बरामद गरेको हो ।

भारतबाट ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखेकोमा गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त गोदाममा छापा मारेर बेवारिशे अवस्थामा जुत्ताचप्पल बरामद गरेको हाे।

गोदामबाट ६ सय ९५ जोर जुत्ता, ३७ पिस सुपर क्लिक क्रिम र प्लाष्टिकको लेडिज चप्पल २६ जाेर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बरामद जुत्ता, चप्पल लगायतका बस्तुको मूल्य करिब ७ लाख ५ हजार रुपैयाँ रहेको छ ।

बरामद जुत्ताचप्प आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएक पर्साका प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

Related posts

जगरनाथपुर गाउपालिकाको बजेट ४९ करोड ३२ लाख

MadhesKhabar

बारामा गाँजासहित दुई युवक पक्राउ

MadhesKhabar

वीरगन्जको सिर्सिया नदीमा एक पुरुषकाे शव फेला

MadhesKhabar

Leave a Comment