Madhes Khabar
राजनीति

गणतन्त्रवादीलाई पनि चित बुझ्ने राजसंस्था ल्याउन चाहेका छाैं : कमल थापा

वीरगन्ज,२९माघ:राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रादीलाई पनि चित बुझ्ने खालकाे राजसंस्था आफ्नाे पार्टीले ल्याउन चाहेकाे बताएका छन्।

वीरगन्जमा जारी पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै थापाले गणतन्त्रादी र परिवर्तनकारीहरूलाई पनि चित बुझ्ने राजसंस्थाको परिकल्पना पार्टीले गरेको बताएका हुन्।

उनले संसद् र संविधानको परिधि र नियन्त्रणमा रहने नैतिक शक्ति भएको अभिभावकको रूपमा सहमति र सम्झौताको राजसंस्थाको परिकल्पना आफूहरूले गरेको जानकारी दिए।

‘विगतको जस्तो राजसंस्था हामीले परिकल्पना गरेका छैनौँ, २०६३ सालभन्दा अघिको राजसंस्था पुनःस्थापना हुने सम्भावना पनि हामी देख्दैनाै, ‘उनले भने, अहिलेको राजसंस्था भनेको गणतन्त्रादी पनि चित बुझ्ने, परिवर्तनकारीलाई पनि चित बुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ।’

राजसंस्थाको कुरा गरेर स्थापना गरी लोकतन्त्र वा प्रजातन्त्र समाप्त पार्ने प्रयास गरेको भनी आफ्नो पार्टीमाथि लगाइने आरोपमाथि सत्यता नभएको थापाको भनाइ थियो।

प्रजातन्त्रको सवालमा अन्य दलभन्दा आफ्नो दल एक इन्च पनि कम नभएको उनको दाबी थियो। अहिले मिटर ब्याज, लघुवित्त तथा बैंकको ब्याजका कारण लाखौँ नेपाली जनता समस्यामा भएकाले बढीभन्दा बढी पीडित ऋणीहरूको ऋण मिनाहा गर्नुपर्ने माग थापाले सरकारसित गरेका थिए। मिटरब्याजलाई सदाका लागि अन्त्य गर्नुपर्नेमा उनले जोड दिए।

लामो समयसम्म राप्रपामा रहँदा पार्टी अध्यक्षलाई आफ्नो गुनासो सम्बोधनका लागि पटक–पटक भन्दा पनि रद्दीको टोकरीमा फालिएपछि आफू विरक्तिएर अर्को पार्टी खोलेको थापाले बताए ।साभार:देशसञ्चारबाट

Related posts

विकास र समृद्धिका लागि शिक्षामा सुधार गर्नु मेरो मुख्य एजेण्डा हो : प्रदीप यादव

MadhesKhabar

उपेन्द्र यादवको दाबी : अब पार्टी फुट्ने पालो माओवादीको

MadhesKhabar

पर्सामा दुई युवाको अध्यक्षतामा जसपाको क्षेत्रीय समितिहरु गठन

MadhesKhabar

Leave a Comment