Madhes Khabar
प्रविधि स्थानिय

ग्रामीण भेगका महिलाहरुलाई विधुतिय चुल्हो हस्तान्तरण र प्रयोग गर्ने बारे प्रशिक्षण

जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्नका लागि विधुतिय चुल्हाको प्रयोग बढाउने नेपाल सरकारको लक्ष्यलाई टेवा पुर्याउने उदेश्य अनुरुप दिव्य विकास सा्रेत केन्द्र, पर्सा र Clean Cooking Alliance(CCA) को साझेदारीमा वीरगंज महानगरपालिका क्षेत्र भित्र विद्युतीय चुलो प्रबर्धन तथा कार्बन उत्सर्जन न्यूनिकरण परिक्षण परियोजना अन्तर्गत मागमा आधारित विद्युतीय चुलो उपलब्ध गराउने र Private Sector Engagement / Business Model को अवधारणा अनुसार परिक्षण चरणमा विरगंज महानगरपालिकाको वडा नं. ३१ मा विद्युतीय खाना पकाउने स्टोभ प्रयोग गर्न र यसका फाइदाहरूलाई जानकारी गराउन छनौट गरिएको घरपरिवार र समुदायलाई सचेतनामुलक अभिमुखीकरण कार्यक्रम एंव विद्युतीय खाना पकाउने चुलो प्रयोग सम्बन्धि खुला प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

विरगंज महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता र दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा विरगंज महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष नारायण प्रसाद कुर्मी, Clean Cooking Alliance(CCA)का नेपाल प्रतिनिधि करुणा बज्राचार्य, वडा प्रतिनिधि, बुद्धिजिवी, विभिन्न कार्यलयको प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरीले कार्यक्रमको उदेश्य, लक्ष्य एंव आगामी रणनितिको वारेमा प्रस्तुत गरेका थिए । कार्यक्रममा ४ जना दाउरा प्रयोगकर्तालाई विधुतिय चुला हस्तान्तरण गरीएको थियो भने परियोजनासंग सम्बन्धित प्राविधिक टोलीहरुले विधुतिय चुल्हा संचालन एंव अन्य प्राविधिक कुराहरुको सहजिकरण गरेका थिए । कार्यक्रम संचालन दिव्य विकास स्रोत केन्द्रका सामाजिक परिचालक रामाकान्त प्रसाद कुर्मी गरेका थिए ।

Related posts

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

प्रेस युनियन पर्साका नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न

MadhesKhabar

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment