वीरगन्ज,५माघ:भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे जगरनाथपुर गाँउपालिकामा माछा,मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ।
जगरनाथपुर गाँपालिकाका अध्यक्ष श्रीकान्त यादवले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन् ।
साथै जगरनाथपुर गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष यादवले आग्रह गरेका छन् ।
यसअघि वीरगन्ज महानगरपालिकाले पनि माघ ८ गतेका दिन माछा-मासु र मदिराकाे बिक्रीवितरणमा निषेध गरिएकाे जनएकाे छ।अयाेध्याकाे राम मन्दिरकाे उद्घाटनकै दिन माघ ८ गते वीरगन्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमापन भगवान राम र माता सिताकाे मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिने भएकाले त्यसदिन वीरगन्जमा माछा-मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएकाे छ।

