Madhes Khabar
वाग्मती प्रदेश

साढे चार वर्षिया छाेरीलाई यातना दिने मण्डल पक्राउ

हेटाैंडा,२२पुष:मकवानपुरको हेटौँडामा साढे चार वर्षीया छोरीलाई शारीरिक यातना दिने बाबुलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

हेटौँडा उपमहानगरपालिका– ५ सिँचाइटोलमा डेरा गरी बस्ने महोत्तरी एकडाँडा– ३ का २७ वर्षीय रामजी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

मण्डलले आफ्नी छोरीलाई कुटपिट गर्ने, हात, गाला र कानमा टोकेर घाउ बनाउने तथा आँखामा खुर्सानीको धुलो हाल्नेजस्ता गतिविधि गरेको छिमेकीले जानकारी दिएपछि सिविन बाल हेल्पलाइन, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको रोहवरमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि यातना दिने गरेको थाहा पाएपछि बालिकालाई उद्धार गरी सिविन बाल हेल्पलाइन मकवानपुरमा राखिएको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए।साभार:नयाँपत्रिकाबाट

Related posts

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ ३ जनाकाे मृत्युु ,५२ जना घाइते

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

MadhesKhabar

Leave a Comment