Madhes Khabar
राष्ट्रिय हेडलाइन

काठमाडौंमा ‘धोती दिवस’ मनाउदा पक्राउ परेका सिके राउतसहितका सबै ५१ जना रिहा

फाइल तस्बिर ।

वीरगन्ज,१६पुष: काठमाडौंमा साेमबार बिहान राष्ट्रिय धाेती दिवस मनाउने क्रममा पक्राउ परेका जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसहितका सबै ५१ जना साेमबार दिउँसो रिहा भएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीमार्गस्थित नगर प्रहरी कार्यालयमा पुगेर राउतसहितका प्रदर्शनकारीलाई भेटेका थिए । त्यसलगत्तै गृहमन्त्री श्रेष्ठले नियन्त्रणमा लिइएका सबैलाई रिहा गर्न निर्देशन दिएको प्रहरीका एक अधिकारीले बताए ।

 

अङ्ग्रेजी नयाँ वर्षकाे पहिलाे दिन जनवरी १ तारिखको अवसर पारेर साेमबार बिहान माइतीघरमा ‘धोती दिवस’ मनाउन भन्दै भेला भएका बेला प्रहरीले हस्तक्षेप गरेर अध्यक्ष राउत, सचिव विपी साह, प्रवक्ता शरद यादव लगायत ५१ जनालाई पक्राउ गरेकाे थियाे।

त्यसैकाे विराेधमा जनमत पार्टीका नेता कार्यकर्ताले वीरगन्जको प्रतिमा चाेकमा साेमबार दिउँसो प्रदर्शनपनि गरेका थिए ।उनिहरुले प्रहरी र सरकारकाे विरुद्धमा नाराबाजी सडकमा टायरपनि बालेका थिए।

साेमबार बिहान जनमत पार्टीका अध्यक्ष राउतसहित मधेसी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

 

सरकारले हाल नयाँ बानेश्वरदृखि माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

Related posts

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

MadhesKhabar

पर्साको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो सहयोग गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय तहलाई दिनुपर्छ : मन्त्री रिजाल

MadhesKhabar

Leave a Comment