Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

२१ लाख खर्च गरेर सजाइयाे मुर्ली पाेखरी छठघाट

वीरगन्ज,२ मंसिर:वीरगन्जको मुर्ली पाेखरीमा २१ लाख रुपैयाँ खर्च गरेर छठघाट तयार पारिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित मुर्ली पाेखरीकाे छठ पुजा ब्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरेर यस बारे जानकारी गराएको हाे।

मुर्ली छठघाटकाे सजावट र व्यवस्थापनमा मात्र करिब २१ लाख रुपैया खर्च हुने अनुमान गरिएको छठपूजा व्यवस्थापन समिति मुर्लीका कोषाध्यक्ष राजेश कुमार गुप्ताले बताए।छठघाटमा टेण्टपण्डाल, फुल, बत्ती सजावटमा ९ लाख, भिडियो ग्राफीमा ७५ हजार, चिठ्ठाकाे पुरस्कारमा २ लाख ५०हजार , सरसफाइमा १ लाख ५० हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष गुप्ताले बताए।

सुरक्षा उपसमितिका संयोजक मदन साह कानुले छठघाटमा आउने ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी करिब १ सय ५० जना सुरक्षाकर्मी, समाजिक युवा एकता क्लब र फ्रेन्डस अर्गनाइजेशन सोसल एक्टिभिटी एण्ड सर्भिसका ५० जना स्वंयसेवक परिचालन गरिने जानकारी गराए। यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको र सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने सुरक्षा समितिका संगोजक कानुले बताए।

गत वर्षको छठघाट सजावट र ब्यवस्थापनमा ११ लाख र आम्दानीबाट खर्च कटाएर १ लाख ४७ हजार रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष गुप्ताले बताए ।

समितिका अध्यक्ष बिजय उपाध्यायको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता, सल्लाहकार सिताराम साह कानु, रामअवतार साह कानु, तारा प्रसाद साह, धिरज साह कानु लगायतको सहभागीता थियो ।

Related posts

शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

MadhesKhabar

आज महाशिवरात्री

MadhesKhabar

ब्लड बैंकमा रगत अभाव भएपछि वीरगन्ज हेल्थ केयरका डाक्टर,नर्ससहित ११५ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment